SHARE
लोक पथ · बुधबार १९ कात्िक २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर शाखा सञ्चालनमा ल्याएको हो ।