SHARE
लोक पथ · बुधबार १९ कात्िक २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

बर्खास्त आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा

काठमाडौं । सरकारबाट बर्खास्तीमा परेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।