SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

लगातार दोस्रो दिन बस्दैछ मन्त्रिपरिषद् बैठक

काठमाण्डु- सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएको छ। बुधबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको छ। आजको बैठकमा के-कस्ता विषयमा छलफल र निर्णय हुन्छ भन्नेबारे औपचारिक जानकारी आइसकेको छैन। यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। १८ दिनसम्म बस्न नसकेको मन्त्रिपरिषद् बैठक मंगलबार बसेसँगै सरकारले नियमित कामकारबाहीलाई अघि बढाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी