SHARE
अन्नपूर्ण · बुधबार १९ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

निउरो टिप्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेको समयमा निउरो टिप्न गएका चारजनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।घटनाबारे निजसँगै गएका साथीहरूले सोही दिन बेलुका पौने ६ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर,चितवनमा जानकारी गराएका थिए ।