SHARE
लोक पथ · बुधबार १९ कात्िक २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँचको अवस्था गम्भीर

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ को काँडाचौरतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।