SHARE
लोक पथ · बुधबार १९ कात्िक २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे

काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । मिलर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई एनपीएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका हुन् ।