भद्रपुरमा विद्यार्थी महोत्सव हुँदै, कला, विज्ञान र प्रतिभा प्रदर्शन गरिने
झापा : झापाको भद्रपुरमा विद्यार्थीको प्रतिभा, सिर्जना, सीप तथा क्षमतालाई उजागर गर्ने उद्देश्यले तीनदिने ‘विद्यार्थी महोत्सव’ आयोजना हुने भएको छ।भद्रपुर नगरपालिकाले आफ्नो स्थापना भएको ७५औँ वर्ष अर्थात् हीरक महोत्सवको सन्दर्भ पारेर विद्यार्थी महोत्सव आयोजना गर्न लागेको हो।