सरकारले भन्यो- पत्रकार पक्राउ प्रहरीको आन्तरिक विषय, सरकारको अनुमति थिएन
काठमाडौं : सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार पक्राउको विषयमा प्रहरीले सरकासँग पूर्ण अनुमति नलिएको बताएका छन्। मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पोखरेलले सामान्य तथ्यहरूको जाँचबुझ गर्नका लागि मात्र प्रहरीले पत्रकारहरूलाई बोलाएको दाबी गरे। प्रहरीका कतिपय आन्तरिक सूचना चुहावट भएको र भ्रामक सूचनाहरू कहाँबाट आए भनेर सोधपुछ गर्नका लागि मात्र प्रहरीले बोलाएको हुनसक्ने सरकारको बुझाइ रहेको उनले बताए।