नेपालमा खुल्यो एससको पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर
काठमाडौं । ताइवानी प्रविधि कम्पनी एससले नेपालमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा नयाँ स्टोर स्थापना गरेको हो । नेपालमा बजार विस्तार गर्ने योजनाअनुसार स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।