सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?
काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुन तोलाको २ लाख ४१ हजार ४०० र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।सुनको यो मूल्य हिजोको भन्दा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले कम हो ।