उद्योग विभागबाट वरुण बेभरेज सम्मानित, CSR मार्फत स्वास्थ्यदेखि विपद् व्यवस्थापनसम्म योगदान
काठमाडौं । वरुण बेभरेज नेपाल प्रा.लि. उद्योग विभागबाट सम्मानित भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको आफ्नो भवनको मर्मतसम्भार तथा भौतिक व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै कम्पनीलाई सम्मानपत्र प्रदान गरेको हो। उद्योग विभागले उद्योग दिवस २०८३ को अवसरमा कम्पनीलाई सम्मान गरेको हो।