SHARE
लोक पथ · बुधबार ५ कात्िक २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

बडा दसैँको टीका सुरु

काठमाडौँ । विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो ।