नेप्सेमा लगातार छैटौँ दिन पनि वृद्धि, कारोबार रकम साढे ४ अर्ब नाघ्यो
काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । पछिल्लो पाँच कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ । यस दिन नेप्से परिसूचक ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ ।