SHARE
अन्नपूर्ण · बुधबार २८ असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

साढे ३ सय उद्योग ध्वस्त : १३ सयको रोजगारी गुम्यो

नुवाकोट : भोटेकोशी बाढीले जिल्लाका विदुर र बेलकोटगढी नगरपालिकाका साथै किस्पाङ र तारकेश्वर गाउँपालिकाका ३ सय ४१ भन्दा बढी उद्योग व्यवसाय ध्वस्त बनाएको छ। बाढीका कारण उद्योग व्यवसाय ठप्प हुँदा १ हजार ३ सय जनाले रोजगारी गुमाएका छन्।अझै पनि तथ्यांक संकलनको कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालले बताए।