SHARE
पर्दाफास · शनिबार २४ असो २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत, को–को परे सूचीमा?

नेकपा (एमाले) ले पार्टीको १० प्रतिशत मनोनयन कोटाअन्तर्गत रिक्त रहेका पदमा १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य दलबाट एमाले प्रवेश गरेका एक जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो।