SHARE
पर्दाफास · शनिबार २४ असो २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

देशभरका प्रमुख नदीहरूमा बहाव सामान्य, भोलि केही नदीमा जलसतह बढ्न सक्ने

देशभरका प्रमुख नदीनालाहरूमा पानीको बहाव हाल सतर्कता तहभन्दा तल सामान्य अवस्थामा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज सबै मुख्य नदीहरूमा जलसतह सामान्य घटबढको स्थितिमा रहेको छ । महाशाखाको पूर्वानुमान अनुसार आज देशभर बाढीको आकस्मिक जोखिम न्यून रहेको छ ।