SHARE
पर्दाफास · शनिबार २४ असो २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

परराष्ट्र मन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर-जनरल मोस्टिनबीच भेटवार्ता

परराष्ट्र मन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर-जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र अष्ट्रेलियाबीचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हितलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।