SHARE
पर्दाफास · शुक्रबार​ २३ असो २०८३ ०२:५२ PM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई आचरण उल्लंघन, अनुशासनहीन गतिविधि र संगठनको प्रतिष्ठामा आँच पुर्‍याएको कसुरमा सेवाबाट हटाइएको छ। नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने विभागीय कारबाही गरिएको हो।