SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान हुने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको हो। मतदान केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन लागेपछि र मतदान प्रक्रिया अपेक्षाभन्दा ढिलो भएपछि समय थप गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार