दशैंमा यतीको नयाँ व्यवस्था: काठमाडौं बाहिर जाने उडानमा अपर क्लास भाडा बन्द
काठमाडौं । यती एअरलाइन्सले बडादशैंलाई लक्षित गर्दै काठमाडौं बाहिर जाने उडानमा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ। दशैंका बेला बाहिरिने यात्रुको चाप अत्यधिक हुने र फर्कने उडान तुलनात्मक रूपमा खाली हुने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले यस्तो व्यवस्था गरेको हो।