पीपीए खुलाउन नयाँ मापदण्ड तयार, उपसमितिले बुझायो प्रतिवेदन
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने तयारी अघि बढाएको छ। पीपीए स्वीकृतिका लागि आवश्यक नयाँ मापदण्ड तय गर्न गठित उपसमितिले अध्ययन पूरा गरी प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमक्ष बुझाएको छ।