युक्रेनले रुसमा गरेको आक्रमणमा २० जनाको मृत्यु, सयभन्दा बढी घाइते

 काठमाण्डौँ - युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप रुसले लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका बताइएको छ ।

त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । 
युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले शनिबारको आक्रमणमा सेनाको पूर्वाधारलाई मात्र निशाना बनाएको बताएको छ ।