माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्ने भएको छ । दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने तय भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बस्दैछ ।