युद्धग्रस्त देशहरुमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त देशहरुमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गरेकी छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद पौड्यालले युद्धग्रस्त क्षेत्रमा श्रमिकहरुलाई पठाउने काम सरकारले बन्द गर्नुपर्ने बताएकी हुन्।

उनले रुस र युक्रेनका युद्धमा नेपालीहरुले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरुलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘रुस र युक्रेनको युद्धका कारण हाम्रा युवाहरु मृत्युवरण गरिरहेको कुरा हामीबाट छिपेको छैन। युक्रेनको सेनामा भर्ती भएका युवाहरु हामीलाई फर्काइदेउ भनेर दैनिक रोदन हामीले सुनेका छौँ । अहिले श्रम मन्त्रालयबाट रोजगारीका लागि युवाहरुलाई जान छुट दिइएको खबर आएका छन् । सरकारले के गर्न खोजेको हो ? युवाहरु धेर भएकै हो त नेपालमा रुउनीहरुलाई युद्धग्रस्त देशमा मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहाना हो रु म प्रश्न गर्न चाहान्छु । यस्तो कार्य बन्द गर्नुपर्छ । युद्धग्रस्त देशहरुमा श्रमिकहरु पठाउने काम सरकारले बन्द गरोस्।’