मुगुको सामूहिक हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्ति पक्राउ

काठमाडौँ - मुगुको सामूहिक हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

आइतबार मध्यान्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार नगरपालिका जाने बाटो नजिकैबाट प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे प्रहरीले केही बताएको छैन ।

हत्या अनुसन्धानका लागि ११ गतेनै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको छ। प्रहरी हत्याराको करिब(करिब नजिक पुगिसकेको जिप्रका मुगुमा प्रमुख प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताएका बताएका थिए।