पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

काठमाडौं - सुन तस्करीको आरोप लागेका पूर्व सभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राहुललाई आज पक्राउ गरेको हो ।

इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा राहुल र बुबा कृष्णबहादुरको नाम जोडिँदै आएको छ ।  भेपभित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग महराका बुबा छोराले पटक-पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

गत पुसमा चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ९ किलो ११.५२४ ग्राम सुन नेपाल ल्याएका थिए । जसलाई भन्सार कार्यालयले समातेको थियो ।

सुन समातिएपछि महरा बुबा छोराले सुनको छुटाउन ठूलै कसरत गरेको समेत बाहिरिएको थियो ।