पोखरामा नगर बस दुर्घटना : ११ जना घाइते, ३ को अवस्था गम्भीर

कास्की - पोखरामा नगरबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट पोखरा–२२ पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाखेतमा दुर्घटना भएको हो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा ३० जना यात्रु थिए । घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्रेक नलाग्दा ब्याक भएर दुर्घटना भएको प्रहरीले बताएको छ । पोखरा यातायात प्रालिको बस शान्ति स्तुपा हुँदै महादेव मन्दिरसम्म जाँदै थियो । बस सडकबाट तल खसेको छ ।