कम्युनिष्टबीच पुनः एकता हुनुपर्छः वामदेव गौतम  

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टबीच पुनः एकता हुनुपर्ने बताएका छन्।

काठमाडौँमा शनिबार पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताए।

उनले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए।

उनले जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने बताए। उनले कम्युनिष्टको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए।