प्रतिनिधिसभा अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध


काठमाडौँ - प्रतिनिधिसभाका अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध चुनिने भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुनेछ । प्रतिनिधिसभा अन्तर्गतका दश वटा विषयगत समितिका लागि आइतबार भएको मनोनयनमा नौ वटा समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित हुने भएका हुन । यद्यपी त्यसको औपचारिक घोष्णा हुन भने बाँकी छ ।