मेलम्ची खोलाले बगायो २२ वर्षकी युवती  

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची खोलाले बगाउँदा एक युवतीको ज्यान गएको छ ।

हेलम्बु गाउँपालिका ५ सिरिसेकी २२ वर्षीया निशा कुमारी तामाङलाई मेलम्ची खोलाले बिहीबार बिहान बगाएको हो ।

खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ र अस्थायी प्रहरी पोष्ट शेराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मेलम्ची गाउँपालिका ६ स्थित मेलम्ची खोलामा उनको शव फेला पारेको छ ।