नेपालले यू–१९ विश्वकपको सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने

काठमाण्डौ - नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै  नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।  

नेपालले अब समूह ‘ए’ मा रहेका भारत, बंगलादेश र आयरल्याण्डसँग खेल्नेछ । आइसिसीको नियमअनुसार आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यही स्थानको टोलीसँग खेल्नु पर्दैन । त्यसैले समूह ‘ए’ को तेस्रो हुने आयरल्याण्ड र अमेरिकामध्ये एक टिमसँग नेपालले खेल्ने छैन ।  

यस्तै, सुपर सिक्समा समूह चरणको अंक पनि जोडिनेछ । यस्तो अवस्थामा नेपालले सेमिफाइनलको सम्भावना जीवित  राख्न दुवै खेलमा जित निकाल्नुपर्नेछ । दुवै समूहका शीर्ष दुईरदुई टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।