मकवानपुरमा स्कुटर दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान घाइते

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हेटौंडा–भीमफेदी–काठमाडौं सडकखण्ड अन्तर्गत जुरीखेतमा स्कुटर करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार साँझ काठमाडौंबाट हेटौंडा आउँदै गरेको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार श्रीमान, श्रीमति घाइते भएका थिए ।

बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा काठमाडौं महानगरपालिका वडा नंबर २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने उनका श्रीमान स्कुटर चालक ६५ वर्षका शशिराज पाण्डे घाइते भएका छन् ।

उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।