'एमसीसी परियोजना लागू हुन दिन्नौं' : सिपी गजुरेल

काठमाडौँ - मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन एमसीसी लागू हुन नदिने चेतावनी दिएको छ । नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि लागू हुन नदिने चेतावनी दिएका हुन् । 


उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे । उनले परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे । उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए । 

नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरेका थिए ।