सरकारको १६ निर्णय : कर्जा सुरक्षण नियमावली स्वीकृत गर्नेदेखि जापानसँग अनुदान सहायता लिनेसम्म

काठमाडौँ - सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले कर्जा सुरक्षण (चौथो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने भएको छ । 

त्यस्तै, एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौ वार्षिक बैठकमा माननीय अर्थमन्त्री (एसियाली पूर्वाधार लगानी बैंकका लागि गभर्नर नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुने भएका छन् । 

यसैगरी धितोपत्र दर्ता तथा निष्काशन (सातौँ संशोधन) नियमावली, २०८० संशोधन गर्न पनि सरकारले स्वीकृति दिएको छ ।