मुलुकको लगानी २.८ प्रतिशतले वृद्धि, राजस्व ३.९ प्रतिशतले बढ्यो !

काठमाडौँ - सरकारले चालु आर्थिक वर्षमा मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको जनाएको छ । 

आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशतले बढेको जनाए । यस्तै प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको जनाएका छन् । मुलुकको मुद्रास्फीति ६.०८ प्रतिशत कायम भएको उनले जनाए ।