आइतबार सुन–चाँदीको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ? 

काठमाण्डौँ - आज नेपाली बजारमा सुनको भाउ स्थिर छ । शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।