सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

 काठमाण्डौँ - मङ्गलबार सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । आज सुनको भाउ प्रति तोला तीन सय रुपैयाँले घट्दा चाँदी पनि १० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रति तोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।