एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सोमबार बैठक सुरु हुनासाथ आकस्मिक समयमा एमालेको तर्फबाट बोलेका सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारले बालकुमारी घटनालगायत समसामयिक विषयहरूमा प्रधानमन्त्री वा गृहमन्त्रीले चित्तबुझ्दो जवाफको माग गरेका थिए।

उनले भौतिकमन्त्री प्रकाश ज्वाला,  नागरिक उड्डयनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतले राजीनाम दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग पूरा नभएसम्म सदनमा अवरोध जारी रहने बताए।

सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक(पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।