पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमै चर्काचर्की , सुदनले गरे बैठक बहिस्कार

काठमाण्डौँ- आज बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमै चर्काचर्की भएको छ । पूर्वमन्त्री सुदन किराती र समितिका सभापति राजकिशोर यादबिच भनाभन भएको हो । विषयवस्तु ९मुद्दा० मा केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले रोकेपछि किराती आक्रोशित बनेका हुन् ।    

पूर्वमन्त्री किराँती नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदारको विषयमा फ्लाइटको एकाधिकारको मुद्दामा केन्द्रित भएर बोल्दै थिए । त्यति नै बेला सभापतिले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन भनेपछि बैठकमै भनाभन भएको थियो ।