पुल चर्किएपछि धोबीखोला बुद्धनगर, बबरमहल जोड्ने पुलमा आवागमन बन्द

काठमाडौँ । काठमाडौँको धोबीखोलास्थित बुद्धनगर बबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्द गरिएको छ ।

केहिदिनयता नियमित परेको बर्षाको कारण खोलामा पानीको बहाव बढेपछि काठमाडौँ महानगरपालिका-१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रहरी उपरिक्षक अधिकारीको अनुसार पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको छ ।