पोखरा गोल्डकपमा थ्रीस्टार क्वार्टरफाइनलमा प्रवेश

पोखरा - आहा रारा पोखरा गोल्डकपको २३औं संस्करण मंगलबारदेखि सुरु भएको छ । 

उद्घाटन खेलमा आयोजक सहारा क्लब पराजित भएको छ । आज सहारा क्लबलाई २-१ गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे। सहाराका आशिष गुरुङले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

अब शनिबार हुने क्वार्टर फाइनलमा थ्रीस्टारले भुटानको पारो एफसीसँग खेल्नेछ । दोस्रो खेलमा आज राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

यसैबीच राष्ट्रिय फुटबल खेलाडी आयुष घलान सम्मानित भएका छन् । उनलाई सर्वोत्कृष्ट खेलाडीका रुपमा सहारा क्लब पोखराले आज नगद ५० हजार ५ रुपैयाँसहित सम्मान गरेको हो ।