क्यानको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै

काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ ।
हिजो शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले नेतृत्वको लागि आज निर्वाचन गर्न लागेको हो ।

बानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो १२ बजे पछि हुने मतदानका लागि ८५ जना मतदाताको नामावली सार्वजनिक भएको छ । विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको मात्रै नामावली सार्वजनिक गरिएको क्यानले जनाएको छ ।

क्यानको अध्यक्षका लागि चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
चन्दको प्यानलबाट सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का भिड्दैछन् । पारसकोविरुद्धमा सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल छन् ।