ग्यारेजमा आगलागी हुँदा ९ लाखको क्षति  

काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ बस्ने कमल कालिकोटेले सञ्चालन गर्दै आइरहेको ग्यारेजमा आइतबार बिहान करिब साढे सातबजेतिर आगलागी भएको हो।

विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।आगलागी हुँदा ग्यारेजभित्र रहेको गाडीको पाटपुर्जा, ग्यारेजको टहरो पुर्णरूपमा जली नष्ट भएको छ।

आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा ८ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।