सांसद विश्वप्रकाशको प्रश्‍न : गृहमन्त्रीले जिबी राईलाई भगाउन खोजेको हो ?  

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएनरु भनी गृहमन्त्रीलाई प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो ? भनी प्रश्न गरे।

उनले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के होरु भनी प्रश्न गरे। उनले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर आशंकासमेत व्यक्त गरे। उनले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको भन्दै सरकारले कहिले जिबी राईलाई हाजिर गराउने हो स्पष्ट पार्नुपर्ने बताए।

उनले भने ‘सहकारी ठगिमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ। त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली होरु केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जिबिको लोकेशन चाहिएको होइन। देशलाई जिबी राई चाहिएको हो। अब त्यो लोकेशनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने होरु यो प्रश्न गर्न चाहान्छु।’

गृहमन्त्रीले लोकेशन पत्ता लागिसक्यो भनेको ४ दिन भयो। लोकेशन पत्ता लागिसकेपछि पनि ४ दिन किन लाग्छ ? लोकेशन पत्ता लागिसकेको भनेको जिबि राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेशन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै नै जिबि राईलाई हाजिर गराउँदैछ ? देशलाई जिबीको लोकेशन चाहिएको होइन। जिबी राई चाहिएको हो।’

उनले देशलाई जिबी राईको लोकेशन नभई जिबी राई नै चाहिएको बताए। उनले मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने बताए।