आजको विदेशी विनिमय दर कति छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

च्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।