गाडीमा थिचिएर एकै परिवारका २ सहित ३ जनाको मृत्यु  

काठमाडौँ ।  मोरङमा गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवास रहेका छन्।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज (शुक्रबार) बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो । उक्त लहरी नहरनजिकको किराना पसलमा पल्टिएको प्रहरीले जनाएको छ ।