जाडो बढेसँगै विद्यालयमा पठनपाठन बन्द

काठमाडौँ । केही दिनयता अत्याधिक चिसो बढेपछि लमही नगरपालिकाले जाडो बिदा दिएको छ । जिल्लाका दश स्थानीय तहमध्ये लमही नगरपालिकाले मात्रै जाडोका कारण नगरपालिकाभित्रका विद्यालयको पठनपाठन चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको आकस्मिक बैठक बसेर  चिसो मौसमका कारण जनजीवन कस्टकर हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । 

माघ ९ गतेदेखि १२ गतेसम्म विद्यालय बन्द रहने उपप्रमुख लक्ष्मी योगीले जानकारी दिइन् ।