हुण्डी र सुन तस्करी प्रकरणः १७ जना बिरुद्ध मुद्धा दायर

काठमाडौँ - हुण्डी र सुन तस्करी प्रकरणमा मुछिएका १७ जनालाई  दुई खर्ब ८६ अर्ब बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुदा दर्ता भएको छ । 

प्रहरीको केन्द्रिय अनुस ब्यूरोको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्धा दायर गरेको हो । उनीहरुलाई राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा  दाबी गरिएको छ ।

सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।छानबिनका क्रममा सो समूह हुण्डी, क्रिप्टोकरेन्सी  र विमानस्थलबाट हुने सुन तस्करीमा सम्लग्न रहेको खुलेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा, रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ ।