अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनबीच महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले बाइडेन र उनकी श्रीमतीलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद दिएका छन् ।