प्रचण्ड र ओलीबिच सिंहदरबारमा भेट, प्रदेश भागबण्डा लगायतका विषयमा छलफल

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सिंहदबारमा दुई नेताबिच भएको छलफलमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा छलफल भएको बताइएको छ ।

शुक्रबार बिहान बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई समेत मोर्चामा सहभागी गराउनेबारे छलफल भएको थियो ।

अध्यक्ष ओलीसँग प्रचण्ड र नेता माधव नेपालले कुराकानी गर्ने निर्णय गरेको थियो । त्यसअघि बिहीबार बेलुका नेकपा महासचिव विप्लव र नेता प्रकाण्ड ओली निवास बालकोट पुगेर २ घण्टा छलफल गरेका थिए ।

फागुन २१ मा नयाँ गठबन्धन बनेर एमाले सत्ता सहयात्री भएपछि प्रचण्ड र अध्यक्षबिचको भेटघाट र छलफल बाक्लिँदै आएको छ ।